धरान : धरान १५ मिलन पथमा शुक्रवार बिहान सात बजे अंशबन्डाको विषयमा झगडा हुँदा भाइ पक्राउ परेका छन ।

सामान्य भनाभनवाटसुरु झगडामा भाइ कुल बहादुर विश्वकर्माले दाजु बमबहादुर विश्वकर्मालाई हिर्काउँदा तल्लो पट्टिका दुवै दाँत झर्ने गरी घाइते बनाएको हुँदा भाइ कुलबहादुरलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन् ।

बमबहादुर विश्वकर्माको दाँतको उपचार भइरहेको छ भने घटनाको बारेमा छलफल गरिने इलाका प्रहरी धरानले जनाएको छ ।