धरान : देशैभर मनसुनी वायुको प्रभाव कायम रहेकोले मौसममा बदली भई विभिन्न स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभरको मौसममा सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेकोे छ । आज दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भरै राती देशभर सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।