धरान : मोरङको सुनवर्सी ५ रमनपुर टोलका ७० वर्षीय महादेवलाल दासको बिहीबार चट्याङले लागेर मृत्यु भएको छ ।

आज दिउसो पौने २ बजे आफ्नै खेतमा धान रोपी रहेको अवस्थामा वर्षासँगै परेको चट्याङले लाग्दा दासको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।