धरान : मोरङको बिराटनगर महानगरपालिका १८ आइसिपी भवन अगाडीको खाली खेतमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय जयपाल मण्डलको ७ बर्षीय छोरा अंकुश मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।  बिहिवार दिउँसो साँढे ४ बजे उक्त स्थानमा रहेको पानी जमेको खाल्डोमा बालक डुबिरहेको अवस्थामा छिमेकीहरुले देखे पश्चात तत्काल उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्‍याउनासाथ बालकको मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।