पथरी : पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको कानेपोखरी पथरी सडकमा गए राती भएको सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।

पूर्व बाट पश्चिम जाँदै गरेको बा१४ च ९६४३ नम्बरको स्कार्पियोको ठक्करबाट एक पैदल यात्री महिला र मोटरसाइकलमा सवार २ जना पुरुषको ज्यान गएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलीप गिरिले जानकारी दिए ।

मृत्यु हुने महिलाको पहिचान खुलेको छैन भने मे १० प २७५६ नम्बरको मोटरसाइकलमा सवार पाँचथरको फिदिम २ का गजेन्द्र कुमार गुरुङ र झापा बुद्ध शान्ति ४ का लोकेन्द्र लिम्बु को मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कार्पियोका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।