इटहरी : इटहरी उपमहानगरपालिका २० को बुद्ध चोक सेवा समाजले वृक्षारोपण गरेको छ ।

समाजले तरहरा स्थित तामाङ टोलमा २ सय बिरुवा रोपेको छ । पछिल्लो समय बन विनाश तीव्र भइरहेको अवस्थामा बन जङ्गल जोगाउने र हरियाली बढाउने उद्देश्यले वृक्षारोपण गरिएको समाजका अध्यक्ष रोशन मोक्तान तामाङले बताए ।

विगतमा पनि विभिन्न सामाजिक कार्यमा आबद्ध हुँदै आएको समाजले यसपालि हरियाली प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरेको उनको भनाइ छ ।

लिबरल सोसाइटी तरहराको सहयोगमा सम्पन्न कार्यक्रममा स्थानीय युवाको सहभागिता रहेको थियो । वातावरणीय क्षेत्रमा काम गर्दै आएको सोसाइटीले स्थापनाकाल देखिनै सरसफाइको कार्यक्रम गरिरहेको छ ।