धरान : अवैध सुर्ती सहित इटहरीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका वडानं. ६ स्थित जनता गल्लीमा भन्सार छली ल्याई अबैधरुपमा लुकाई छिपाई राखेको अवस्थामा इटहरी ११ बस्ने २२ वर्षीय सुरज चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएका सादा पोसाकको संयुक्त प्रहरी टोलीले चौधरीले भन्सार छली लुकाई राखेको अवस्थामा सुर्ती तथा गुटखाहरु अन्दाजी १ लाख ६० हजार रुपैयाँ बराबरको बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सुरज चौधरीलाई आवश्यक कारबाहीको लागि सुनसरीको सेतुबन्ध भन्सार कार्यालय कोसीमा पठाइएको छ ।