धरान : मोरङको विराटनगर महानगरपालिका १५ रानीमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

गए राती साँढे ११ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको लु ४६ प ६३९० नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका स्कुटर चालक विराटनगर महानगरपालिका १६ का २३ वर्षीय प्रशान्त बस्नेतको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा गए राती साँढे १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यसै गरी मोरङको बेलवारी नगरपालिका ९ घर भई विराटनगर महानगरपालिका १९ मा बस्दै आएका २५ वर्षीय कान्छा चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । गए राती साँढे १० बजे सुत्नको लागी झुल लगाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका चौधरीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।