धरान : धरानमा  ठुलो परिमाणको लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका वडा नं ७ शान्तीपथबाट विशेष सूचनाको आधारमा चेक जाँचको क्रममा विभिन्न परिणामको लागुऔषध सहित एक जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ४३ बर्षिया किसन श्रेष्ठ रहेका छन् । उनलाई धरान वडा नं ७ को कार्यालय छेउबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल धरानका नायव उपरीक्षक सुमन पोखरेलले जानकारी दिएका छन् । पोखरेलका अनुसार आफ्नो कमान्डमा खटिएका सशस्त्र प्रहरी टोली र इलाका प्रहरी कार्यालय धरानका संयुक्त प्रहरी टोलीले सो मात्रामा लागु औषध बरामद गरेको हो ।

पक्राउ परेका श्रेष्ठको साथबाट कोरेक्स ७ बोतल, स्पास्मोप्रोक्सीवन २४ पत्ता, नाइट्रोजन २ सय ६० थान तथा नगद १ लाख ९२ हजार बरामद भएको छ । श्रेष्ठलाई शुक्रवार साँझ ७ बजे पक्राउ गरिएको हो ।