धरान : धरान १४ विजयपुरको बेलडाँडामा आगलागी भएको छ ।

धरान १४ बेलडाडाका विष्णु राई र कमल राईको घरमा आगलागी भएको प्रहरीले बताएको छ । विष्णु राईको घरबाट आगलागी सुरु भएको बताइएको छ ।

आगलागीबाट विष्णु राईको पुरै घर जलेको छ भने कमल राईको आधा घर जलेको छ । आगो ग्याँस लिक भएर हुन सक्ने बताइएको छ ।

कमलको घरमा भाँडामा बस्ने सनमाया राईको सामसुङ फोन सुन आधा तोला सुन फ्रिज र र्याग जलेको र नगद एक लाख पैँतिस हजार राखेको पनि बताइएको छ ।

घर धनी ईश्वर राईका अनुसार ८ सय किवी सखुवाका काठ नयाँ घर बनाउन राखेको सबै काठ जलेर नष्ट भएको बताइएको छ । आगो धरान उपमहानगरपालिकाको दमकल र स्थानीयवासी, प्रहरीले नियन्त्रणमा लिएका हुन् । 

Aglagi-2 Aglagi-3 Aglagi-4