धरान : मोरङको रतुवामाई नगरपालिका ३ चौकी घाटबाट रतुवा खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका रतुवामाई नगरपालिका ७ का २४ वर्षीय अरुण ऋषिदेव मृत फेला परेका छन् ।

गत सोमवार दिउँसो सवा ३ बजेको समयमा खोला तर्ने क्रममा अचानक बगाएर बेपत्ता भएका ऋषिदेवलाई इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोजतलास गर्ने क्रममा आज दिउँसो ३ बजे बगाएको स्थान भन्दा करिब ३ किलोमिटर तल सोही खोलाको किनारामा कम्मर भन्दा मुनी बालुवामा पुरिएको अवस्थामा मृत फेला पारेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।