धरान : धरान-१८ बुद्धचौकमा बनेको वाबुको प्रतिमाको आज अनावरण गरिएको छ ।

धरान उपमहानगरपालिका वडानं १८ को ८ लाख, स्वार्गिय नरप्रसाद राईको श्रीमती दुर्गामाया राईले ५ लाख ५० हजार सहयोग गरेकी थिइन् । सोही रकमबाट किराँत जातिको धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको वावु अर्थात् चिण्डोको अनावरण आज भाषाविद् डा. टंक न्यौपाने र धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गरेका छन् । अनावरण गर्नुअघि नाक्छोङ(धामी)ले  मुन्दुम विधिबाट गरेका थिए ।

बुद्धचौकको चिण्डो वाबु कलाकार महेन्द्र राईले बनाएका हुन् भने वाबुको प्रतिमा मुनि धरान भित्र बसोवास गर्ने विभिन्न जातजातिको सांस्कृतिक झल्को दिने तरिबरहरु र धरानको पहिचान दिने तस्बिरहरु राखिएको छ ।

बुद्दचौकमा वाबु अर्थात् चिण्डोको प्रतिमा राखिए पनि सो चौकको नाम परिवर्तन नहुने बताइएको छ । किराँत राई जातिको सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको वावुको प्रतिमा बुद्दचौमा राखिनुले चौकको सुन्दरता थपिएको १८ नम्बर वडाध्यक्ष प्रवीण राईले बताए ।

Wabu-1