धरान : पाँचथरको मिक्लाजुङ २ घर भई मोरङको केराबारी गाउँपालिका ७ मा रहेको मावली घर आएका हर्क बहादुर लिम्बुको ३ वर्षीय छोरा बियन लिम्बु घर नजिकै रहेको पानीको कुलोमा मृत फेला परेका छन् ।

गए राती साँढे ९ बजे बालक कुलोमा मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय केराबारीबाट प्रहरी टोली खटी गई कानुनी प्रक्रिया पुरा गरी शव परीक्षणको लागी बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । भने अन्य थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।