धरान : मोरङको बेलबारी १ बस्ने ३५ वर्षीय राजकुमार धितालको लडेर मृत्यु भएको छ ।

गए राती पौने ९ बजे आफ्नै घरको बरन्डाबाट अचानक लडी बेहोस भएका धितालको नोबेल अस्पताल विराटनगर मा उपचारको क्रममा राती सवा १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

अस्पताल पुर्‍याएको १ घण्टामा धितालको मृत्यु भएको प्रहरीले जनाएको छ ।