धरान : सप्तकोसी नदीमा पौडी खेल्ने क्रममा एक जना बगेर बेपत्ता भएका छन् ।

हिजो साँझ ५:४५ बजे तिर साथीसँग बराहक्षेत्र नगरपालिकाको वडा नंं. ९ स्थित १६ नम्बर भन्ने स्थानमा साथीसँग पौडी खेल्नेक्रममा भोक्राह नर्सिङ गाउँपालिका ३ का २५ वर्षीय कृष्ण यादव बगेर बेपत्ता भएका हुन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार हिजो देखि खोजी जारी राखिए पनि अहिले सम्म बेपत्ता भएका यादव नभेटिएकोले अहिले नेपाली सेनाको पृतनाबाट गएको नेपाली सेनाको टोली, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीयले खोजी कार्य जारी राखेका छन् ।

हिजो देखि हराइरहेका कृष्ण यादव अहिले सम्म नभेटिएकोले कोसी टप्पु वन्यजन्तु आरक्ष भित्रको क्षेत्रमा पनि खोजी भइरहेको प्रहरीले बताएको छ ।