धरान : सुनसरीको इटहरीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका ३ बस्ने ३७ वर्षीय मदन राईको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शनिवार बिहान साढे ११ बजे छिमेकीको घरमा लाइनको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर बेहोस भएका राईको विराट मेडिकल हस्पिटल विराटनगर मा उपचारको लागि लगिएको थियो ।

उपचारको क्रममा शनिवार दिउसो साढे १२ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।