धरान : धरान-१६ बस्ने प्रकाश सम्बाहाम्फेलाई चेक बाउन्सको आरोपमा कैद भुक्तानकोलागि नख्खु कारागार पठाइएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार ललितपुर जिल्ला अदालतको मिति २०७६ चैत्र ७ गतेको फैसला आदेश अनुसार वादी काजलदिप राणा र प्रतिवादी प्रकाश सम्बाहाम्फे भएको चेक अनादर (बिगो) मुद्दामा २ वर्ष कैद ठहर भई फरार रहेका उनलाई हिजो बिहान धरान प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला झापा गौरादह नगरपालिका वडा नं. ६ घर भई हाल धरान उपमहानगरपालिका वडा नं. १६ मा बस्दै आएका प्रकाश सम्बाहाम्फेलाई खोजतलासको क्रममा हिजो बिहान धरान उपमहानगरपालिका १३ मा फेला पारी कैद जरिवाना असुल उपरको लागी ललितपुर जिल्ला अदालत पठाइएकोमा उनलाई आजै कैद भुक्तानको लागी नक्खु कारागार पठाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।