धरान : मोरङको विराटनगरमा साइकलको सिट मुनि ब्राउनसुगर लुकाएर हिडीरहेका एक भारतीय युवा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत अररिया जोगवनी बस्ने १९ वर्षीय तारिकन अनवरले हिजो साँझ साढे ६ बजे साइकलमा विराटनगर १५ स्थितबाट ३५ ग्राम ५६० मिलिग्राम खैरो हिरोइन ब्राउनसुगर साइकलको सिट मुनि लुकाइरहेको अवस्थामा ब्राउनसुगर सहित पक्राउ गरिएको हो । उनीसङै विराटनगर ६ का २० वर्षीय सुमित दास र सोही स्थानका १८ वर्षीय मनिस दासलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसै गरी विराटनगर १६ स्थितमा पैदल हिँडिरहेका सुमित र मनिसलाई १२० नाईट्राभेट लागु औषध ट्याब्लेट सहित पक्राउ गरिएको हो । यसरी लागु औषध सहित पक्राउ परेका तिनै जनालाई इलाका प्रहरी कार्यालय रानीबाट कानुनी कारबाही प्रक्रिया अगाडी बढाइएको छ ।