धरान : झापा गाउँपालिका ३ फुलगाछीबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति साँढे ९ बजे प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले ज ८ प ७७५ नम्बरको मोटरसाइकललाई रोकी चेक जाँच गर्ने क्रममा मोटर साइकलमा सवार रहेका कनकाई नगरपालिका ४ का २७ वर्षीय दावा दोर्जे शेर्पा र ३० वर्षीय मोहन हेमरनलाई १ ग्राम २७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

लागु औषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।