धरान : झापाको भद्रपुर २ देउनिया खोलाको बगर काँस घारीमा भद्रपुर महारानी झोडाका ५० वर्षीय कुमार गजमेर मृत अवस्थामा फेला परेका छन् ।

हिजो दिउसो ११ बजे घरबाट हिँडेका गजमेरलाई स्थानीयले आज दिउसो पौने १ बजे खोलाको बगर काँस घारीमा मृत अवस्थामा फेला पारेका थिए । मृत अवस्थामा भेटिएको भनी वडा प्रहरी कार्यालय भद्रपुरमा स्थानीयले जानकारी गराएका थिए ।