धरान : अबैधरुपमा औषधी विक्री वितरण तथा किनबेच गर्ने ३ जनालाई ठुलो परिमाणको औषधी सहित बेलबारीबाट प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बेलवारी नगरपालिका ६ सोमवारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट अवैध औषधीहरूको बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले सुसाङ टेक्निकल हलका सञ्चालक स्थानीय १९ वर्षीय सुसाङ कुमार चौधरी र सोही औषधी पसलमा अवैध औषधी किनी रहेका बेलवारी ५ का २३ वर्षीय शिवजी चौधरी तथा धरान १७ का २१ वर्षीय किसलाल थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

टेक्निकल क्लिनिकबाट ट्रामाडोल क्याप्सुल आई पी ५० नं. को १३,६०० क्याप्सुल, डिकोलिक २००० क्याप्सुल, स्पामो २८० क्याप्सुल, एन्टिकोफ ७५० क्याप्सुल, एसिडल १००० क्याप्सुल, प्रेगासोफट् ९६० क्याप्सुल, स्पासपेन ४००० क्याप्सुल, प्रेगालिन २०० क्याप्सुल, सुरगिडल १८० क्याप्सुल, कोफट्याब २३० क्याप्सुल साथै औषधी किन्ने शिवजी चौधरीको साथबाट स्पास्पेन ४० क्याप्सुल तथा किसलाल थारुको साथबाट प्रेगासोफ्ट (१० क्याप्सुल र कोटाफ औषधी १० क्याप्सुल बरामद गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । अवैध औषधी सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।