धरान : डिभिजन वन कार्यालय सुनसरीका डिएफओ रामबाबु शाह ५ लाख ५३ हजार रुपैयाँ रकम सहित शुक्रवार रंगेहात पक्राउ परेका छन् ।

डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डी.एफ.ओ.) रामबाबु साहले स्राेत नखुलेकाे रकम लिई रौतहटतर्फ जाँदै गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले उनलाई कोसी गाउँपालिका वडा नं. ८ बाट पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।

बा.२ झ. ४१० नम्बरको वन कार्यालयको सवारी साधनमा लुकाई छिपाई राखेको अवस्थामा डिभिजन प्रमुख रामबाबु साह र उनको श्रीमती किरण साहको साथबाट स्रोत नखुलेका ५,५३,०००।– (पाँच लाख त्रिपन्न हजार) फेलापारि उनीहरूलाई उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

Akhitiyar-bigyapti