धरान : हङकङ नेप्लीज युथले धरान १, छाताचोकस्थित पुनर्स्थापना गृहलाई खाद्यान्न सहयोग गरेको छ ।

संस्थाले २५ हजार बराबरको खाद्यान्न सहयोग गरेको हो । संस्थाका सदस्य कमानसिंह याम्फुले उक्त खाद्यान्न आज गृहका सञ्चालक भीम राईलाई हस्तान्तरण गरेका थिए ।

उनका अनुसार १० बोरा चामल, १ कार्टुन तेल, चना १५ केजी, दाल र मटर समेत सहयोग गरिएको छ । गृहका सञ्चालक राईले सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Rahat-1