धरान : झापा जिल्लाको गौरीगंज गाउँपालिका -३ बस्ने ३३ बर्षीय अरुण राजबंशीले ३६ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

राजबंशीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन् ।

आज राजबंशीलाई जिल्ला अदालत झापा म्याद थप गर्ने लगिएको प्रहरीले बताएको छ ।