धरान : सुनसरी प्रहरीले भन्सार छली गरेर नेपाल तर्फ ल्याउँदै गरेको ठुलो मात्रामा खैनीसुर्ती बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार भन्सार छली गरेर अवैध तरिकाले नेपाल खैनी र सुर्ती ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षकको कमान्डमा खटिए गएको प्रहरी टोलीले ७० बोरा खैनीसुर्ती बरामद गरेको जनाएको छ ।

सुनसरीको घुस्की र भुटाहाबाट नियन्त्रणमा लिइएको सो खैनी सुर्तीको बजार मूल्य ३ लाख ५० हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

बरामद गरिएको खैनी सुर्ती सेतुवन्ध सुनसरी भन्सार कार्यालयमा प्रहरीले बुझाएको जनाएको छ ।