पथरी : मोरङको पथरीशनिश्चरे ३ मा स्थानीय एक होलीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

आज बिहान स्थानीय बर्तबहादुर थापाका ४ वर्षीय छोरा केशव थापा को डुबेर मृत्यु भएको छ । बिहान खेल्दै गरेका उनको स्थानीय लाटी होलीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

पानीमा डुबेका उनको उपचारका क्रममा मोरङ हस्पिटल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।