धरान : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ का एक जना युवकको गए राती बीभत्स तरिकाले हत्या भएको छ ।

हत्या हुनेमा भोक्राहा नरसिंह गाउँपालिका ५ का २१ वर्षीय युवा गुनानन्द यादव भएको प्रहरीले जनाएको छ ।
हत्या हुने यादवको आँखा, टाउको र शरीरको विभिन्न भागमा चोटपटक तथा पेटमा धारिलो हतियारले प्रहार गरी स्थानीय सुनसरी खोलामा शव फालिएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

हत्या के कारणले भएको भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ भने हत्या भएको आशङ्का गरिएको ठाउँमा केही प्रमाण फेला परेपछि प्रमाणका आधारमा प्रहरीले ६ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाइएको छ । मृतको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवामा लगिएको प्रहरीले जनाएको छ ।