धरान : धारिलो हतियार खुकुरी, छुरी लगायतका हतियार लिएर आतङ्क मच्चाउने ३ जनालाई धरान प्रहरीले पक्राउ गरेको छ ।

भदौ ७ गते साँझ धरान १५ बगरकोटको सेउती पुलमा सोही वडामा धरान ८ बस्ने २४ वर्षीय रोशन विश्वकर्मालाई खुकुरी, चक्कु देखाई गरी कुटपिट गरेको सूचना प्रहरीलाई आएको थियो ।

सो सूचना अनुसार उनीहरूको खोज तलास गर्दा धरान ८ को फलामे पुल नजिक खुकुरी र चक्कु बोकी सार्वजनिक स्थलमा स्थानीयलाई आतङ्कित तुलाई रहेको अवस्थामा धरान १५ बस्ने २९ वर्षीय सुजन राई, धरान १९ का सुसन राई र २३ वर्षीय मनिष भुजेललाई धरान प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहार मुद्दामा सुनसरी जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।