धरान : उदयपुरमा आफ्नै हजुरबुवाले ८ बर्षीया नातिनीलाई बलात्कार गरेका छन् । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा ५४ वर्षीय हजुरबुवाले ८ वर्षीय नातिनीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा आफ्नो हजुर बुबाले नातिनीलाई बलात्का गरेका हुन् । बालिकाकी आमा घर आउँदा बालिका एक्लै रुँदै थिइन । आमाले छोरीलाई सोधी खोजी गर्दा उनलाई हजुर बुवाले बलात्कार गरेको आमालाई बताइन् ।
बालिकाकी आमा र बुवाले जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिए ।

उजुरीका आधारमा हजुर बुबालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उदयपुरका प्रहरी प्रमुख एसपी भीम बहादुर दाहालले जानकारी दिएका छन् । हाडनाता सम्बन्धी घटना भएकाले आरोपीको नाम प्रहरीले सार्वजनिक नगरेको दाहालले बताए ।