धरान : इलाका प्रहरी कार्यालय धरानले ठुलो मात्रमा लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।

धरान १५ को गणतन्त्र बस्ती बस्ने ३७ वर्षीय राजकुमार चौधरीले आफ्नो घरमा लागुऔषध लुकाएको भन्ने सूचनाको आधारमा प्रहरीले उनको कोठामा खानतलासी गर्दा उनको कोठामा टिनको बाकस माथि रहेको उफर भित्र लुकाई राखेको अवस्थामा स्पामो प्रोक्सीभन प्लस ३ हजार क्याप्सुल फेला पारी बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

ठुलो मात्रामा लागुऔषध सहित पक्राउ परेका राज कुमार चौधरीलाई आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।