धरान : ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक जनालाई एक बर्ष पछि इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।

२०७६ साल असार १० गते राति धरान ३ आइतबारे स्थित सडकमा धरान १४ का रञ्जित तामाङलाई धारिलो छुरा प्रहार गरी ज्यान मार्ने उद्योगको वारदात घटाई फरार रहेका धरान १४ का २१ वर्षीय ठम्मरे पारुहाङ भनिने ससीम राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

फरार अभियुक्त ससीम राई धरान १४ स्थित उनकै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी आवश्यक कारबाहीको लागि सुनसरी जिल्ला अदालतमा पेस गरिएको प्रहरीले बताएको छ ।