धरान : विभिन्न सञ्चार माध्यमहरूमा औषधीमा ठगी भन्ने समाचारमा आफ्नो सङ्गठनमा आवद्द सुरक्षा गार्ड को पनि संलग्नता रहेको भन्ने कुरामा आपत्ति जनाउँदै प्रतिष्ठानका दुई सुरक्षा निकायले औषधी व्यवसायी सङ्घ इकाई कार्यालय धरानमा निवेदन दिएका छन् ।

भदौ ४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा श्रीमती डेलिभरी गराउन सप्तरीको राजगढ गाउँपालिकाबाट आएका शम्भुकुमार साहको श्रीमतीको नर्मल डेलिभरी हुँदा मिथिला मेडिकल हलले २१,२२ हजारको बिल बनाईएकोे भन्ने खबरमा नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन इकाई कमिटी बीपी के आई एच एस र भिआइपी सेक्युरिटी सर्भिस प्रालिले औषधीमा ठगी भन्ने समाचारमा औषधी व्यवसायी सङ्घ सुनसरीका सचिव पङ्कज झाले सुरक्षा गार्डको पनि संलग्नता रहेको भनेकोमा नामनै किटान गर्नुपर्ने माग गरिएको छ । एउटा सुरक्षा सङ्गठनलाई असर पुग्ने गरी नाम उल्लेख नगरी सञ्चार माध्यममा समाचार सम्प्रेषण गर्नु हचुवाको भरमा झुटा र निराधार समाचार सम्प्रेषण भएकोमा झालाई कारबाही गर्न माग गरिएको छ ।

यसै गरी मिथिला मेडिकल हलका संगम कुमार यादवले पनि सचिव पङ्कज झा सँग छलफल गरी पाउँ भनी औषधी व्यवसायी सङ्घमा निवेदन दिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेलिभरीका लागि ११,१२ हजारको बिलमा मिथिला मेडिकल हलले २१,२२ हजारको बिल बनाई दिएका थिए । Nibedan-1 Nibedan-2 Nibedan-3