धरान : मोरङ रंगेली रामघाट जयनपुर टोल बस्ने ५५ वर्षीय रामप्रसाद मण्डलको करेन्ट लागेर मृत्यु भएको छ ।

मण्डलले आज बिहान ०६ बजे आफ्नै खेतमा पानी पटाउन भनी मटर जोड्ने क्रममा अचानक विद्युत सट भई उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटी गई कानुनी कारबाही भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।