धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीले ६७ बोरा युरिया मल बरामद गरेको छ ।

प्रहरी जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले भन्सार छलेर ल्याएको ६७ बोरा युरिया मल बजारको मूल्य अनुसार करिब ६७ हजारको मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बरामद गरिएको मल आवश्यक कारबाहीको लागि भन्सार कार्यालय कोशी ब्यारेज पठाएको सुनसरीले जानकारी दिएको छ ।