धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सरोज खनाल २०७७ साल असार महिनाको उत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ)घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी सङ्गठन भित्रका कर्मचारीलाई मनोबल बढाउन प्रत्येक महिनामा एक प्रहरीलाई उत्कृष्ट प्रहरी घोषित गर्दे आएको छ । सम्मान सहितको फोटो कार्यालयमा एक महिना सम्म राखिने छ । सुनसरी जिल्लामा हुने चोरी तस्करी , फरार अभियुक्तलाई पक्राउ गर्न सफल रहेका खनालले रसिदा खातुनको शङ्कास्पद हत्याकाण्ड र गुणराज हत्याकाण्डको अनुसन्धान अधिकृत भएर अतुलनीय भूमिका खेल्दा प्रहरीलाई परिणाममुखी नतिजा मिलेको,उनको कामले प्रहरी सङ्गठन अझ उच्च रहेको र नागरिकलाई सुरक्षाको प्रत्याभूति भएको हुँदा खनाललाई उत्कृष्ट प्रहरी घोषित गरेको सुनसरी प्रहरी प्रमुख कमल थापाले बताए ।

विभागीय मूल्य मान्यता, आदेश तथा निर्देशनको पालना गरी अपराधमा संलग्न रहेका व्यक्तिलाई पक्राउ गरी, कानुनी दायरामा ल्याउनुका साथै ,नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाई ,प्रहरी सङ्गठनको छवि उच्च बनाई प्रशंसानिय कार्य गरेकोमा तथा अपराध नियन्त्रणका लागी अहोरात्र खटिएको मुल्याङकन गरी असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको पत्रमा उल्लेख छ ।