धरान : धरान-८ मा जबरजस्ती करणी आरोपमा धरानबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्ने सुवास भन्ने भोजकुमार लिम्बु रहेको इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन् । उनले धरान-१६ घर भएकी १५ वर्षीया युवतीलाई जबरजस्ती करणी आरोप लागेको छ । २३ गते उनकी आमाले इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएकी थिइन ।

किटानी जाहेरीमा पटक पटक अनेक बाहानमा पीडित युवतीको घर आउने/बस्ने कोही नभएको मौका पारेर शरीरका अङ्गमा हात लगाउन खोज्ने र आफ्नो फोटो फेसबुकमा हालेको उल्लेख छ । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरी बाट ३ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको बस्नेतले बताए ।