धरान : उदयपुर प्रहरीले ७ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा जिल्ला झापा बिर्तामोड नगरपालिका-६ घर भई हाल जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ३५ को किरण राई रहेको उदयपुरका प्रहरी प्रमुख भीम दाहालले जानकारी दिए ।

दाहालका अनुसार किरणले वर्ष ७ की नाबालिकालाई ललाई फकाई आफ्नै कोठामालगी जबरजस्ती करणी गरेका हुन् । पीडितकी आमा शारीरिक अशक्त रहेकी छिन् ।

घटना ५ गते शुक्रवारको हो । घटना पछि किरण फरार थिए । शनिवार पीडितका अभिभावकले किटानी जाहेरी दिएका थिए। फरार अभियुक्तलाई शनिवार राति ५ बजे  नियन्त्रणमा लिएको हो ।

आज किरणलाई जबरजस्ती करणी मुद्दामा म्याद थप गर्ने जिल्ला अदालत उदयपुर लगिएको छ ।  स्वास्थ्य परीक्षण गरी  अनुसन्धान भइरहेको  दाहालले जानकारी दिए ।