धरान : सुनसरी प्रहरीले अबैधरुपमा ट्रकमा लोड गरी ल्याउँदै गरेको २५ वटा राँगा भैँसी नियन्त्रणमा लिएको छ ।

सुनसरीको इनरुवा नगरपालिकाको वडानं। ४ बसपार्क नजिकै पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको प्र–०–२००१ ख ८१५६ नम्बरको मिनी ट्रकमा भारतबाट अबैधरुपमा ल्याइएका २४ वटा राँगा र १ वटा पाडी गरी जम्मा २५ वटा रागाभैसी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

१७ लाख ५० हजार बरावरको नियन्त्रणमा लिइएको रागाभैसीलाई सुनसरी भन्सार कार्यालय सेतु बन्ध कोसी ब्यारेजमा पठाइएको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।