धरान : लागु औषधको आशङ्कामा चेक गर्न खोज्दा झोला नै छोडेर फरार भएका एक जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका वडा न। २ कल्याणपुर बस्ने २५ वर्षका पुन्टे भन्ने राजकुमार दनुवारलाई पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख भीम दाहालले जानकारी दिए ।

साउन २८ गते बेलुका अन्दाजी साढे ५ बजेको समयमा उदयपुरको सिमानापुरमा खटिएको प्रहरी गस्ती टोलीले चेक गर्ने क्रममा पुन्टेले बोकेको झोला छाडी फरार भएका थिए ।

उक्त झोला खोली हेर्दा लागु औषध डाईलेक्स डी।सी। १० बोतल बरामद भएको र वारदात मितिबाटै तत्काल फरार भएका पुन्टे भन्नेलाई खोजतलास गरिरहेको प्रहरकिो भनाइ छ ।

उनलाई हिजो उदयपुर जिल्लाको कटारी नगरपालिका वडा न। २ ददरीया खहरे खोला बगरमा फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको दाहालले बताए ।