धरान : मोरङको उर्लाबारी नगरपालिका – ७ स्थित युनिक होटलमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।

असोज ११ गते राती साढे ११ बजेको समयमा मादक पदार्थ सेवन गरी होटलमा झगडा हुँदा भारत घर भई उर्लाबारी ७ मा परिवार सहित डेरा गरी बस्दै आएका ३५ वर्षीय सुशील मल्लिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

भारतको दार्जिलिङ घर भएका सुशील लगभग १० वर्ष अघिदेखि परिवारसहित उर्लाबारीमै बसोबास गर्दै आएका थिए ।