पथरी : शिवसताक्षी नगरपालिका वडा नं. ८ स्थित झिलझिले खण्डमा मङ्गलवार साँझ ७ बजे भएको दुर्घटनामा ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको छ ।

राजमार्गमा पैदल हिँडिरहेको बेला पूर्वबाट तीव्र गतिमा आएको बा ११ च ५९९० नं। को बोलेरो जीपले कमलालाई ठक्कर दिएको थियो ।

ठक्कर पछि सख्त घाइते भएकी कमलालाई उपचारका लागि बीएन्डसी हस्पिटल पुर्‍याइएको थियो । उपचारकै क्रममा उनको साढे ७ बजेतिर मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।

बोलेरो गाडी र त्यसका चालक अमृत योङहाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृत्युपछि कमलाको सब हस्पिटलमै राखिएको छ ।