धरान स् मोरङको जहदा ५ बस्ने ५९ वर्षीय साधुर महतोको नहरमा  डुबेर मृत्यु भएको छ । 

मङ्गलवार साँझ साढे ६ बजे सोही स्थानमा रहेको नहरको पानीमा महतोको डुबेर मृत्यु भएको भनी आफन्तले प्रहरीमा खबर गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको  छ ।