धरान : झापाको बिर्तामोड स्थित शैनिकमोडबाट लागुऔषध खैरो हिरोइन ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा कचनकवलका २२ वर्षीय सुदम राजवंशी र सोही स्थानका ३९ वर्षीय नर बहादुर राजवंशी रहेका छन् । मङ्गलवार साँझ साढे ६ बजे विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नियन्त्रण पश्चात् उनीहरू उपर चेक जाँच गर्दा प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा १३ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ ।

साथै उनीहरूको साथबाट नगद ९ हजार रुपैंया समेत फेला पारी बरामद गरिएको छ भने पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।