विराटनगर : मोरङ मिक्लाजुङ ४ बस्ने ७४  वर्षीय डिक बहादुर राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । 

आज दिउसो सवा २ बजे प्र। नं। १९०१९००१ त ८२५५ नम्बरको ट्याक्टरले सोही स्थानमा पैदल हिँडिरहेका डिक बहादुरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा पौने ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 ठक्कर दिने ट्याक्टर नियन्त्रणमा लिईएको छ भनी चालक तत्काल फरार रहेकोले उनको खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ ।