झापा : झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउसुगर सहित ३ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ९ का २० वर्षीय अजय राजवंशीलाई २ ग्राम २०० मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान, नगद ७ हजार मोबाइल २ थान सहित मङ्गलवार राती ८ बजे पक्राउ गरेको हो ।

यसै गरी इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिक भारत किशनगंञ्जका ३० वर्षीय मो।आलम र २८ वर्षीय मदिउर रहमानलाई १० ग्राम ब्राउनसुगर, भारतीय रुपैयाँ ९ हजार १७०, ५० ग्राम गाँजा र १ थान मोबाइल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।