धरान : वैदेशिक रोजगारीमा जानेहरू नेपालकै रोजगारका दलालहरू ठगिने गरेको कुरा बारम्बार सञ्चार माध्यममा आइरहेका विषय हुन् । विदेश पुगेर पनि ठगिने घट्नाहरु पनि उत्तिकै दोहोरिदैं आएका छन् । यस्ता घट्नाहरुले रोजगार तथा उनका परिवारमा पर्ने मानसिक, आर्थिक समस्या नेपाली समाजमा बढ्दै गएको छ । सरकारी अधिकारीहरूको समेत संलग्नतामा हुने ठगी र दलाली र पीडा स्वयं रोजगारहरू चेतनशील नभए सम्म रोकिने सम्भावना तत्काल देखिन्न ।

धरानमा वैदेशिक रोजगारीमा पीडित भएकाहरूलाई खोजी गरी ठगिएका, आर्थिक-मानसिक रूपमा पीडित रोजगारहरू लाई वित्तीय साक्षरता, मनोसामाजिक परामर्श कार्यक्रमका बारेमा बुधवार उपमहानगरपालिकालाई जानकारी दिइएको छ । वैदेशिक रोजगारलाई चेतनशील बनाउन धरान उपमहानगरपालिका र दातृसंस्थाको परियोजना सञ्चालक गैरसरकारी संस्था बिच २०७६ पुषमा सम्झौता भएको थियो ।

मेयर तिलक राईको उपस्थितिमा स्विस सरकारको सहयोगमा गैरसरकारी संस्था हेल्बेटास नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाले गरेका गतिविधिका बारेमा जानकारी मूलक छलफल भएको हो । धरानमा उक्त परियोजनाका कार्यक्रम यूथ क्रिएशन नामक गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको छ । परियोजनाले विशेषतः वैदेशिक रोजगारहरूलाई वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन गर्दै आएको छ ।

छलफलमा दिइएको जानकारी अनुसार कक्षाहरू वडा ५, १४, १५ र १७ सञ्चालन भइरहेका छन् । सम्झौता अनुसार कक्षा २४ हप्ता वित्तीय साक्षरता र मनोपरामर्श कक्षा चल्ने छ । गएको मङ्सिर १२ देखि वडा ५ साप्ताहिक कक्षा शुक्रवार, पुस १३ देखी वडा १४ मा सोमबार, मङ्सिर २३ देखी वडा १७ मा मंगलबार, माघ ४ देखी वडा १५ मा आइतबार सञ्चालन भइरहेको बताइएको छ । सबै वडामा हप्ताको एक दिन ३ घण्टा कक्षा सञ्चालन भइरहेको बताइएको हो ।

यूथ क्रिएसनका अध्यक्ष अमर बहादुर राईका अनुसार धरान स्थित इलाका प्रशासन कार्यालय हातामा माघ ९ गतेदेखि आप्रवासी स्रोत उपकेन्द्र सव एमआरसि सेन्टर सञ्चालन भइरहेको छ ।

वैदेशिक रोजगारीमा ठगिएको बारेमा उजुरी दिनेको सङ्ख्या धरानमा अहिलेसम्म ४ जना मात्र रहेको उनले बताए । मनोसामाजिक परामर्श लिने रोजगारको सङ्ख्या धरानमा १४ जना छन् । वैदेशिक रोजगारीमा ठगिएका कोही पनि रोजगार मानसिक समस्याको सिकार नबनोस् भन्ने परियोजनाको उद्देश्य रहेको बताइएको छ ।

कोरोना महामारीका बेला मोबाइलबाट धरानमा कोरोना संक्रमति १२ जना, विदेशमा रोजगारी गुमाएका २२ जन, परिवारसँग छुट्टिएर बस्नु परेको १० जना, दैनिक जीवनयापनमा समस्या भएका २५, कोरोनाका कारण अन्यौलमा परेका ३८ जना सहित १३८ जना परियोजनाको सम्पर्कका रहेका छन् । वैदेशिक रोजगारीमा समस्यामा परेका लाई सहयोगका लागि इलाका प्रहरी कार्यालय धरानसँग समन्वय गराइएको जानकारी दिइएको छ ।

परियोजनाले हाल सम्म १६५० वैदेशिक रोजगारीमा जना पासपोर्ट बनाउन आउनेहरूलाई गन्तव्य देश सम्बन्धी जानकारी गराइएको छ । अधिकतम खाडी मुलुकका २५ प्रतिशतमा १० प्रतिशत पुरुष तथा २० प्रतिशत महिला छन् । परियोजनाले वैदेशिक रोजगारमा अप्ठ्यारोमा परेकालाई परामर्श दिएको, एमआरसी पठाएको साथै उनीहरूका परिवारहरूलाई मनोपरामर्श सेवा दिइरहेको बताइएको छ ।

छलफलमा परियोजना प्रदेश १ संयोजक कोपिला दाहालले वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन देशभर ३९ जिल्लामा परियोजनाको शाखा सञ्चालनमा रहेका जानकारी दिइन् ।