धरान : प्रहरीले वराहक्षेत्र–७ का ३२ वर्षीय मनोज बस्नेतलाई ब्राउन सुगर सहित आइतबार विराटनगर–१५ बाट पक्राउ गरेको छ ।
उनलाई लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले ३ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार सोही दिन झापाको शिवसताक्षी–५ का २९ वर्षीय राजेन्द्रकुमार ताजपुरीया र शिवसताक्षी–४ का २१ वर्षीय अजय ताज पुरियालाई ब्राउन सुगर सहित पक्राउ गरेको छ । उनिहरुलई इलाका प्रहरी कार्यालय शिवगञ्जको प्रहरी टोलीले ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । 
यसै गरी धनकुटा जिल्ला चौबिसे गापा–६ का मुकेश विश्वकर्मा र दिवस राईलाई गाँजा सहित पक्राउ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय राजा रानीले २ केजी गाँजा सहित पक्राउ गरेको हो ।