धरान : सिलाइ बुनाइको क्षेत्रको व्यापारमा कमिसन दिने र लिने तथा बदमासी प्रथाविरुद्ध आज धरानमा सिलाई व्यवसायीले विरोध जुलुस निकालेका छन् ।

पब्लिक हाइस्कुल अगाडिबाट निस्किएको विरोध र्‍याली भानुचोकमा पुगेर टुङ्गिएको थियो । नेपाल कपडा तथा सिलाइ व्यवसायी महासङ्घ, प्रदेश १ समन्वय समितिको अगुवाइमा सो विरोध सभा आयोजना भएको हो ।

व्यवसायीले सिलाइको कमिसन प्रथा बन्द गर, आफ्नो टेलर्स आफैँ रोजौँ, श्रम र सीपको सम्मान गरौँ, कमिसन खोरको विरोध गरौँ, श्रमजीवी वर्ग टेलर व्यवसायी एक होऔँ, कमिसन तन्त्र मुर्दावाद, स्कुलको सिलाइ कमिसन बन्द गर उपभोक्तालाई मार्ने काम बन्द गर लगायतका प्लेकार्ड बोकेर सडकमा निस्किएका थिए ।

नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ धरानका निवर्तमान अध्यक्षसमेत रहेका सोनी टेलर्सका सञ्चालक इम्तियाज अलीलेका अनुसार एक जोर कोट–पाइन्ट सिलाउन ग्राहक पठाउँदा कपडा पसलले ७ सय रुपैयाँ कमिसन लिने गरेका छन् ।

उनीहरूले महिलाहरूको कपडा पठाउँदा ५० रुपैयाँदेखि ७ सय रुपैयाँसम्म लिन्छन् । उनले भने ‘सबै कपडा पसलले कमिसन लिन्छन् अन्य कपडा पसलका श्रमिकले लिन्छन्, भने बालाजी कपडा पसलको चाहिँ साहुले नै लिन्छ ।’

व्यवसायी फिरोज अलीले धरानमा चाडपर्वका पोसाक देखि लिएर कोट सिलाउँदा ७ सय भन्दा बढी कमिसन दिने प्रथा कायमै रहेकोले आन्दोलनमा उत्रिनुपरेको बताए । उनले भने साहुलाई कमिसन दिँदा झन् ग्राहक मंहगो मारमा पर्छन् ।

आन्दोलनमा सहभागी रिता विकले जुनसुकै कपडा सिलाउँदा पनि कमिसन नै विशेषतः स्कुल लगायत अन्य सिलाइमा व्यवसायीलाई कमिसन नदिईकन हाम्रो कामै बन्दैन । महासङ्घका निवर्तमान अध्यक्ष इम्तियाज अलीले भने कपडा पसलले टेलर्समा पठाउँदा टेलर्स सञ्चालकबाट कमिसन लिने र टेलर्स सञ्चालकले कपडा किन्ने ग्राहक पठाए बापत कमिसन लिने गर्दै आएको उनले बताए ।

यसअघि पनि कमिसनको खेल हुने गरेको बताउँदै आए पनि पुष्टि हुन सकेको थिएन । सोमबार बालाजी वस्त्रालयका कर्मचारी र गुडलक टेलर्सका सञ्चालक बिच कुटाकुट भएको थियो ।

आन्दोलनमा उत्रिएमा टेलर्स केही व्यापारीले भने सिलाई बुनाइमा पनि मनपरी तन्त्र गरी कमिसन दिने प्रविधि झन् मौलाएको छ । अब धरान उपमहानगरपालिकाले पोसाकको निश्चित रकम तोक्ने बेला भएको छ ।