धरान : महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा बचाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्ने निर्णय भएको छ । 

मेयर तिलक राईको अध्यक्षता तथा प्रदेश एकका सभामुख प्रदीप कुमार भण्डारीको विशेष उपस्थितिमा प्रदेशसभा सदस्यहरू, उपमेयर मञ्जु भण्डारी, महेन्द्र बहुमुखी क्याम्पस जग्गा बचाउ समितिका संयोजक कुमार बहादुर कार्की, क्याम्पस प्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित बुधवार बसेको छलफलले यस्तो निर्णय गरेको हो ।

छलफलमा उनीहरूले अदालतमा विचाराधिन मुद्दाको विषयमा बलियो कानुनी प्रतिरक्षा गर्ने र सार्वजनिक सम्पत्ति जोगाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । महेन्द्र बहुमुखी क्याम्पसको जग्गाको मोहियानी सम्बन्धी विवाद र क्याम्पसबाट भएको प्रयासहरूको विषयमा छलफल पनि गरिएको थियो ।