धरान:धरान ११, पानीटंकी(सिर्जना चोक)मा रहेको महेन्द्र बहुमुखी क्याम्पसको जग्गामा ४१ वर्षपछि मोही हकदावी परेपछि त्यसको विरोधमा नेपाली कांग्रेस पनि सडकमा उत्रिएको छ ।

नेपाली कांग्रेस उपमहानगर समितिले सिर्जना चोकमा शुक्रबार कोणसभा गदै विरोध प्रर्दशन गरेको हो । कोणसभामा महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरुको पनि सहभागीता थियो । नेपाली कांग्रेससम्बद्ध नेपाल विद्यार्थी संघ क्याम्पस,इकाइ कमिटीका वरिष्ठ उपसभापति दोर्चि शेर्पाको नेतृत्वमा क्याम्पसबाट विरोध ¥याली निकालेर चोकसम्म पुगेको थियो ।

कोणसभामा सहभागीहरुले स्थानीय सरकार र जग्गा मोही दाबी गर्ने विरुद्ध चर्को नारावाजी गरेका थिए । कोणसभालाई सम्बोधन गदै कांग्रेस नगर सभापति तिलक राईले महेन्द्र क्याम्पस धरानको मात्र नभएर पूर्वकै सम्पत्ति भएकोले संरक्षण गर्नपर्ने बताए । क्याम्पसको वृत्तिविकासको लागि विभिन्न सहयोगबाट आएको रकमले क्याम्पसले जोडेको जग्गालाई यसरी पैसाको तुलना गर्न नहुने बताए । ‘दान, विभिन्न सहयोगबाट क्याम्पसले जोडेको जग्गा सार्वजनिक जग्गालाई करोडौको लालचमा तुलना गरेर हेर्न हुँदैन, यो धरानको मात्र नभएर पूर्वकै सम्पती हो, यसको संरक्षण जुटौ,’ सभापती राईले भने ।

केही भुमाफीयाहरु पैसाको लालचमा क्याम्पसको जग्गा हड्प्ने दाउँमा लागेकाले यसको विरुद्धमा नेपाली कांग्रेसले कडा कदम चाल्ने समेत चेतावनी दिए । उनले क्याम्पसको जग्गा बचाउनको लागि सम्पूर्ण धरानेहरु एक भएर सहयोग गर्न अपिल समेत गरे । क्याम्पसको जग्गामाथी यसरी हस्तक्षेप हुँन लाग्दा समेत धरान उपमहानगरको नेतृत्वहरु चुपचाप बसेको उनले आरोप लगाए । ‘क्याम्पसको जग्गा त होनी भनेर कुर्सीमा निकादाए नबस्नुस्,’ उनले भने,‘सकारी जग्गा हो अब सकारले के गर्छ ? कसरी टुङग्याउँछ ? त्यो धरानबासी हेर्न चाहन्छ ।’ २०३४ सालमा खरिद गरेको जग्गामा अहिले ४१ वर्षपछि मोही हक दाबी गर्नुको कुनै औचित्य नहुने बताउदै त्यसको व्यावहारीक पाटो सकिसकेको दाबी गरे ।

त्यसैगरी, नेविसंघका उपसभापती दोर्चि शेर्पाले पैसाको प्रलोभनमा परेर केही तत्व सक्रिए भएर लागिरहेको बताए । तर, क्याम्पसको जग्गा हड्प्ने दिवा सपना नदेख्ने आग्रह गरे । क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्वविउ) का सचिब समेत रहेका शर्पाले क्याम्पसको जग्गा बचाउनको लागि जस्तो सुकै कदम चाल्न विद्यार्थी पछि नहट्ने चेतावनी दिए । यसैगरी, धरान–११ का वडा इकाइ कमिटिका सभापती सर्बध्वज साँबाले धरानको अस्तित्वसंग जाडिएको क्याम्पसको जग्गा बचाउ सबै लाग्नुपर्ने बताए । सार्वजनिक सम्पती भएकोले यस्तो गलत कदम नचाल्न सम्बन्धीत पक्षलाई आग्रह गरे ।

क्याम्पसले २०३४ साल असार २ गते धरान–७ का श्याम गोविन्द श्रेष्ठबाट किता नं. २६६ को १७ कठा १८ धुर जग्गा खरिद गरेको थियो । तर, क्याम्पसले जग्गा खरिद गर्नु पहिले नै जग्गाको मोही लगतमा डम्बुरबहादुर घिमिरेको नाम उल्लेख छ । हाल उनको निध भइसकेको छ भने दोस्रो हक दाबी गर्ने उनको श्रीमतीको समेत निधन भइसेको छ । यसैगरी, उनको जेठा छोराको पनि निधन भइसकेकोले माहिला छोरा यज्ञ बहादुर घिमिरेले हक दाबी गरेका छन् । उनले क्याम्पसको जग्गामा आखा लगाएको नभएर श्रेस्तामा बाबुको मोही नाम उललेख भएकोले नियम अनुसार पाइन्छकी भने दाबी गरेको बताइसकेका छन् ।

यता क्याम्पसले पनि मोही हक दाबी नपुग्ने बताउँदै आएको छ । कानुनत मोही हक दाबी गर्नको लागि भोगचलन गरेको हुनुपर्ने कुद बुझाएको हुनुपर्नेलगायत भएकोले मोही हक नपुग्ने क्याम्पसको दाबी छ । धरान उपमहानगरपालिकाको ११ नम्बर वडाले जग्गाको मोही नामसारी सिफारिस दिएपछि जनप्रतिनिधिको तिब्र आलोचना भइरहेको छ । यता वडाले भने नियम अनुसार नै सिफारिस दिएको बताउदै आएको छ ।